२० वर्ष नपुग्दै प्रवासी विद्यार्थीको रूपमा म्यान्मारबाट जापानमा आएँ।मैले 7-Eleven मा धेरै कुराहरू सिकें!

B.B जी / काम गरेको २ वर्ष भयो

सवारी साधन सम्बन्धी अध्ययन गर्न प्रवासी विद्यार्थीको रूपमा म्यान्मारबाट जापानमा आगमन। हामीले उहाँलाई 7-Eleven को कामबाट सिकेको कुराहरू र उहाँले प्रगति गर्न सकेको कुराहरूबारे सोध्यौं।

B.B जीको परिचय

म्यान्मारबाट २ वर्ष अगाडि प्रवासी विद्यार्थीको रूपमा जापानमा आएँ। 7-Eleven मा काम गर्न सुरु गरेको बेलामा २० वर्ष पनि भएको थिइनँ। दैनिक जीवनमा प्रयोग हुने जापानी भाषा बुझ्छु तर पढ्न भने त्यति राम्रोसँग आउँदैन। सँगै काम गर्ने साथीहरूले सहयोग गर्ने हुनाले, म तिब्र गतिमा जापानी भाषा याद गरिरहेको छु। 7-Eleven मा काम गरेर मेरो जापानी भाषा धेरै राम्रो भएको छ।

7-Eleven को काम साँच्चै नै रमाइलो छ! STORY.01

म्यान्मारबाट जापानमा आएको २ वर्ष ३ महिना बित्यो। जापानमा आएपछि तुरुन्तै 7-Eleven मा काम गर्न सुरु गरें। म भन्दा पहिले जापानमा आएको म्यान्मारको साथीले चिनाइदिएकोले यहाँ काम गर्न थालेको हुँ। त्यो साथी पनि सँगै 7-Eleven मा काम गरिरहेको छ। म्यान्मारी मान्छे सँगै भयो भने अझ बढी ढुक्क भइन्छ।

पढ्नको लागि जापान रोज्नुको कारण चाहिँ सवारी साधन सम्बन्धी अध्ययन गर्ने इच्छा भएकोले हो। सवारी साधनको मर्मत तथा मेन्टिनेन्स सम्बन्धी कुराहरू सिक्न मन थियो। त्यो बेला सवारी साधनसँग सम्बन्धित पार्ट टाइम काम गर्ने विचार थियो। तर 7-ELEVEN मा काम गर्न थालेपछि विचार परिवर्तन भयो।

काम गर्न एकदम सजिलो छ, रमाइलो पनि छ। अहिले चाहिँ जापानमा बसुन्जेल 7-Eleven मै मेहनत गर्ने विचार गरेको छु। अहिलेसम्म एक पटक पनि छोड्दिन्छु जस्तो लागेको छैन।

जापानी भाषामा लेखपढ गर्न गाह्रो लाग्ने भएपनि 7-Eleven मा समस्या हुँदैन। STORY.02

7-Eleven मा काम गर्‍यो भने जापानी भाषा सिक्न पनि सकिन्छ। मैले यो काममा सुरुमा सिकेको जापानी भाषा “फ्राइ गरेको खानेकुरा किन्नुहुन्छ?” हो। ग्राहकले किन्नुभएको बेला एकदम खुसी लागेको थियो। मैले जापानी भाषाको विद्यालयमा भन्दा पनि यहाँ बढी सिके होला (हाँसो)। दैनिक जीवनमा प्रयोग हुने जापानी भाषा सजिलै बुझ्न सक्ने भएँ।

अहिले पनि जापानी भाषामा लेखपढ गर्न अलि गाह्रो लाग्छ। विशेष गरी खान्जी आउँदैन (हाँसो)। तर 7-Eleven मा विदेशी नागरिकहरूको लागि म्यानुअल भएकोले, जापानी भाषा पढ्न गाह्रो लाग्ने मलाई पनि साह्रै सजिलो भएको छ। काम रमाइलो छ तर सुरु-सुरुमा गल्ती पनि गरें।

रातीको सिफ्टमा काम गरिरहेको बेला निन्द्रा लागेर आँखा बन्द पनि भएको थियो। त्यो बेला पसल म्यानेजरले ध्यान दिएर काम गर्न भन्नु भएको थियो। तर म उहाँ प्रति कृतज्ञ छु। मैले म्यान्मारमा घरको काम बाहेक अन्य काम गरेको थिइनँ। कम्पनीमा काम गरेको पहिलो पटक हो।

त्यसकारण पसल म्यानेजरको निर्देशन र सुझावबाट धेरै कुराहरू सिकेको छु। 7-Eleven मा काम गरेर मैले धेरै कुराहरूमा प्रगति गर्न सकेको छु जस्तो लाग्छ।

मैले जापानको 7-Eleven मा गरेको अनुभव मेरो महत्त्वूर्ण सम्पत्ति हो। STORY.03

मलाई म्यानमारी साथी र जापानी अनुभवी सहकर्मीहरू सबैले कामबारे विभिन्न कुराहरू सिकाइदिनुभयो। पसल भित्रको सरसफाइबाट सुरु गरेर बिस्तारै रजिष्टर, भण्डारणबाट सामान निकाल्ने, सामान व्यवस्थापन गर्ने, खानेकुरा बनाउने आद अलि-अलि गर्दै सिकें। अहिले कप रामेन अर्डर गर्ने र बिक्रीको लागि सामान राख्ने ठाउँ बनाउनेसम्मका कामहरूको जिम्मा लिन सक्ने भएको छु। अर्डर दिने काम साँच्चै नै रमाइलो हुन्छ। बिक्रीको लागि राख्ने ठाउँ, मौसम आदि विचार गर्दै अर्डर गर्छु। आफूले अर्डर गरेको सामान धेरै बिक्री भयो भने खुसी लाग्छ। तर त्यति बिक्री भएन भने दु:ख लाग्छ (हाँसो)।

यहाँ काम गर्दा गर्दै 7-Eleven को स्थायी कर्मचारी हुन मन लागेको थियो तर भिसा सम्बन्धी कारणले गर्दा केही समय पछि म्यान्मारमा फर्कन्छु। एकदम दु:ख लागेको छ। म्यान्मारमा फर्केपछि पनि यहाँ बटुलेको अनुभवको राम्रो उपयोग गरी मेहनत गर्नेछु। अनि फेरि जापानमा आउन चाहन्छु।

पसल ओनरको कमेन्ट पसल ओनर भएर हेर्दा B.B जी मा कस्ता गुणहरू देख्नुहुन्छ?

B.B जीले कप रामेनको अर्डर पनि गरिरहनुभएको छ। बिक्री गर्ने ठाउँ पनि राम्रो बनाउनुहुन्छ। सुरुमा चाहिँ काम गर्न सक्ने हो कि नसक्ने हो जस्तो पनि लागेको थियो। तर हामी सबैले उहाँलाई सिकाउने, सहयोग गर्ने गर्‍यौं। उहाँले पनि तुरुन्तै काम याद गर्न थाल्नुभयो र अहिले त अर्डरको काम पनि सम्हाल्न सक्ने भइसक्नुभयो। आफूले रोजेको सामान बिक्री भएको बेला खुसी भएर कुरा गर्ने गरेर रमाइलोसँग काम गरिरहनुभएको छ।

नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!