म्यान्मारमा 7-Eleven सुरु भयो भने,यहाँ गरेको अनुभवको उपयोग गरी पसल सञ्चालन गर्न चाहन्छु।

T.H जी / काम गरेको साढे २ वर्ष भयो

जापान मन पर्ने भएकोले जापानी भाषा र जापानबारे अध्ययन गर्न जापानमा आएका तर 7-Eleven को काममा रमाउन थालेका T.H जी। हामीले उहाँलाई कस्तो कुरामा आकर्षण महसुस गर्नुभयो भनेर सोध्यौं।

T.H जीको परिचय

म्यान्मारको विश्वविद्यालयमा मनोविज्ञान लिएर अध्ययन र स्नातक गरे पछि जापानी भाषाको विद्यार्थीको रूपमा जापानमा आउने निर्णय। हालै विदेशी कम्पनीले बिजनेस सुरु गर्न पाउने भएको आफ्नो देश म्यान्मारमा फर्केपछि जापानी कम्पनीमा काम गर्नु नै उहाँको भविष्यको लक्ष्य हो। त्यो भन्दा अगाडिको लक्ष्य चाहिँ जापानमा IT कम्पनीमा काम गर्ने हो।

जापानी भाषा र जापानबारे अध्ययन गर्ने उद्देश्य लिएर जापानमा आएँ। STORY.01

जापानमा आएको ३ वर्ष आधा भयो। म म्यान्मारको विश्वविद्यालयबाट स्नातक गरेपछि जापानमा आएको हुँ। अध्ययनको लागि जापानमा आउनुको कारण चाहिँ, मलाई जापान मन पर्ने हुनाले जापानी भाषा र जापानबारे जान्ने इच्छा भएकोले हो।

अहिले धेरै जापानी कम्पनीहरूले म्यान्मारमा बिजनेस सुरु गरिरहेका छन्। म्यान्मारको जापानी कम्पनीमा काम गर्ने चाहाना भएकोले जापानमा आउने निर्णय गरें।

जापानमा आएपछि सुरुमा इजाखायामा पार्ट टाइम गरें। 7-Eleven मा काम गर्न थालेको झण्डै साढे २ वर्ष अगाडि हो। म्यान्मारको साथीले “7-Eleven मा काम गर्न एकदम सजिलो छ” भनेर यो काम सिफारिस गरेकोले, यहाँ काम गर्न सुरु गरें। विद्यालय जाँदै मंगलवार, विहिवार र शुक्रवार १७:३० देखि २०:०० बजेसम्म। आइतवार चाहिँ ८:०० देखि १६:०० बजेसम्म काम गर्छु। विद्यालय जाँदै काम गरेपनि केही समस्या हुँदैन।

जापानी भाषा पनि व्यापार व्यवस्थापन पनि 7-Eleven मा सिकिरहेको छु। STORY.02

मलाई 7-Eleven मा काम गर्न एकदम सजिलो लाग्छ। अरू प्रवासी विद्यार्थी मित्रहरूले पनि राम्रो छ भन्छन्। मलाई पसल म्यानेजरले काम सिकाइदिनुभयो। नम्रतापूर्वक बुझ्ने गरी सिकाइदिनुभएकोले सजिलो भयो।

साथै विदेशी नागरिकको लागि म्यानुअलको पनि व्यवस्था भएकोले, राम्रोसँग जापानी भाषा नआउने मलाई एकदम सहयोग भयो। भण्डारणबाट सामान निकाल्ने, सरसफाइ, रजिष्टर जाँच, ताजगी व्यवस्थापन, सामान अर्डर गर्ने जस्ता कामहरू ६ महिना जतिमा गर्न सक्ने भएँ। 7-Eleven को काम एकदम रमाइलो छ। विशेष मन परेको र धेरै कुराहरू पनि सिक्न सकेको काम चाहिँ सामान अर्डर गर्ने हो।

उदाहरणको लागि “अघिल्लो पटक यो सामान सबै बिक्री भएर सिद्धिएको थियो, त्यसैले यो पटक अलि बढी अर्डर गर्छु” आदि अनुमान गर्दै अर्डर गर्छु। आफूले अर्डर गरेको सामान अनुमान गरेको जसरी नै बिक्री भयो भने खुसी लाग्छ।

यो बाहेक भण्डारणबाट सामान निकाल्ने काम पनि मन पर्छ। मलाई सामानहरू व्यवस्थित तरिकाले मिलाएर राख्न मन पर्ने हुनाले, सामानहरू राम्रो देखिने गरी मिलाएर राख्दा अानन्द लाग्छ।

धेरै जापानी साथीहरू पनि बनाउन सकें! STORY.03

व्यावहारिक जापानी भाषा सिक्न सकेकोले, 7-Eleven मा पार्ट टाइम गरेर राम्रो गरेछु जस्तो लाग्छ। ग्राहकलाई अभिवादन गर्ने, सामानको बारेमा बताउने आदि कुराकानी गर्ने अवस्था पनि धेरै हुन्छ। कहिलेकाहीँ ग्राहकले पनि कुराकानी सुरु गर्नुहुन्छ। “विदेशमा काम गर्न गाह्रो हुन्छ, मेहनत गर्नुहोस् है” भनेर भनिदिनुहुँदा खुसी लाग्छ।

7-Eleven मा विद्यालयमा भन्दा पनि बढी कुराहरू सिक्न सकेको जस्तो लाग्छ। काम गर्ने ठाउँमा म्यान्मार बाहेक अन्य देशको साथीहरू पनि बनाउन सकेँ। मिल्ने जापानी साथीहरूसँग कहिलेकाहीँ खाना खान जाने पनि गर्छु। जापानको खाना मीठो हुन्छ। तर सासिमी चाहिँ त्यति मन पर्दैन। काँचो माछा खानेकुरा हो भनेर म्यान्मारमा कसैले पनि विचार नै गर्न सक्दैन (हाँसो)। म भविष्यमा म्यान्मारमा फर्केर जापानसँग सम्बन्ध भएको काम गर्न चाहन्छु।

त्यसपछिको सपनाचाहिँ 7-Eleven सञ्चालन गर्ने हो। म्यान्मारमा 7-Eleven सुरु भुयो भने यहाँ सिकेको कुराहरूको उपयोग गरी पसल सञ्चालन गर्न चाहन्छु।

पसल ओनरको कमेन्ट पसल ओनर भएर हेर्दा T.H जी मा कस्ता गुणहरू देख्नुहुन्छ?

T.H जी पसलको लिडरको रूपमा आफ्नो काम मात्र नभइकन अन्य सहकर्मीको प्रशिक्षणमा पनि लागिरहनुभएको छ। नयाँ विदेशी स्टाफले काम सुरु गर्नुभयो भने उहाँ आफै अग्रसर भएर, नयाँ स्टाफहरू ढुक्क भएर काम गर्न सक्ने गरी सहयोग गर्ने गर्नुहुन्छ। साथै काम बाहेक, व्यक्तिगत समयमा पनि सहकर्मीहरूसँग घुम्न गइरहनुहुन्छ। पार्ट टाइम काममा धेरै साथीहरू पनि बनाउनुभएको छ।

नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!