कामको विवरण

7-Eleven को कामबारे जानकारी

दैनिक रूपमा देखिरहने कन्भिनियन्स स्टोरको काम। मुख्यत: रजिष्टर, पसलमा सामान मिलाएर राख्ने, पसल भित्रको सरसफाइ आदि हो तर यति मात्र होइन। उदाहरणको लागि POP बनाउने, सामान अर्डर गर्ने पनि काम हो। त्यसैले रजिष्टर, सामान अर्डर र सरसफाइको काममा केन्द्रित भई, “थाहा छ जस्तो लागेतापनि थाहा नभएका” 7-Eleven को कामहरूबारे व्याख्या गर्नेछौं।

  • रजिष्टर

    हिसाब गर्ने, सामान झोलामा हाल्ने, बेन्तो तताउने मात्र नभइकन युटिलिटी शुल्क सङ्कलन गर्ने, टिकट जारी गर्ने आदि पनि रजिष्टरमा काम गर्ने स्टाफको काम हो। “हँसिलो मुहारले” ग्राहकलाई स्वागत गर्नुहोस्।

    बिस्तृत रुपमा हेर्नु
  • सामान अर्डर गर्ने, पसलमा सामान राख्ने ठाउँ बनाउने

    पसलको र्‍याकमा बिक्रीको लागि सामान राख्दाखेरि, कसरी राख्दा ग्राहकलाई किन्न मन लाग्छ भन्ने कुरा विचार गरी मिलाएर राख्ने, मौसम वा इभेन्ट आदिलाई ध्यानमा राखी अर्डर सङ्ख्या अनुमान गर्ने जस्ता विभिन्न कुराहरू विचार गर्दै गरिने रमाइलो काम हो।

    बिस्तृत रुपमा हेर्नु
  • सरसफाइ

    काउन्टर, र्‍याक, भुइँ, शौचालय, झ्यालको सिसा, फोहोर हाल्ने भाँडो, पार्किङ्ग आदिको सरसफाइ। सफा पसल ग्राहक र स्टाफ दुबैलाई आनन्दमय हुन्छ।

    बिस्तृत रुपमा हेर्नु
नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!