सामान अर्डर गर्ने, पसलमा सामान राख्ने ठाउँ बनाउने

आफुले सोचेको उपायहरूको नतिजा देख्न सकिने हुनाले रमाइलो हुन्छ।सामान अर्डर गर्ने र पसलमा सामान राख्ने ठाउँ बनाउने कामको सर्वोत्कृष्ट पक्ष।

7-Eleven मा पार्ट टाइम स्टाफहरूलाई सामान अर्डरको काम पनि जिम्मा दिइन्छ। आफूलाई जिम्मा दिइएको सामानहरू सम्बन्धी जानकारी सङ्कलन गरी, परिकल्पना गर्ने र ठिक छ वा छैन निश्चय गर्ने। जिम्मेवारीपूर्वक गर्नुपर्ने हुनाले गाह्रो हुन सक्छ तर फलदायी काम भएको हुनाले काम गर्दा रमाइलो हुन्छ।

मुख्य कामको विवरण

  • सामान अर्डर गर्ने
  • पसलमा सामान राख्ने ठाउँ बनाउने
  • POP बनाउने

सामान अर्डर गर्ने, पसलमा सामान राख्ने ठाउँ बनाउने र POP बनाउने।पसलमा सामान राख्ने ठाउँ बनाउने कामको जिम्मा दिइन्छ।

उदाहरणको लागि, पसलमा सामान मिलाएर राख्ने काम राम्रो देखाउनको लागि मात्र नगरिकन, “कसरी राख्दा त्यो सामानले ग्राहकको नजर तान्न सक्छ?” आदि विचार गर्दै काम गरेमा, काम झन रमाइलो हुन्छ र कामको गुणस्तरमा पनि परिवर्तन देखिन्छ। साथै तपाईं आफू पनि सक्षम बन्नुहुनेछ। सजिलो कामबाट सुरु गराइन्छ र अलिअलि गर्दै अन्य कामहरूको जिम्मा दिइन्छ।

01 सामान अर्डर गर्ने

सम्पूर्ण सामानको अर्डर एक जनालाई जिम्मा दिइने होइन। सामान वर्गीकरण गरिन्छ र विभिन्न स्टाफलाई जिम्मा दिइन्छ। जिम्मा दिइने सामानको किसिम भने पसल अनुसार फरक हुन्छ तर सबै रमाइलो हुन्छ।

पोइन्ट अर्डर गर्दा मौसम र पसल वरपर हुने इभेन्ट आदिको जानकारी महत्त्वपूर्ण हुन्छ

विशेष गरी बेन्तो जस्ता दैनिक उपभोग्य सामानहरूको बिक्रीमा मौसम र पसल वरपर हुने इभेन्ट आदिको ठूलो असर पर्ने हुनाले सधैं चनाखो हुनु जरुरी हुन्छ। अनुमान मिलेर सोचेको जस्तै गरी बिक्री भएको बेला अनुभव हुने सन्तुष्टि विशेष हुन्छ।

02 पसलमा सामान राख्ने ठाउँ बनाउने

बिक्रीको लागि सामान पसलमा राख्दा, के ग‍र्‍यो भने ग्राहकको नजरमा पर्छ, ग्राहकलाई किन्न मन लाग्छ, उपाय सोचेर राख्नुहोस्। कहिलेकाहीँ सहकर्मीसँग विचारको आदान-प्रदान गरी आफ्नो पसललाई सुहाउँदो बिक्री गर्ने ठाउँ पनि बनाउन सकिन्छ।

पोइन्ट फेसअप भनेको

फेसअप भनेको कम्बिनी व्यवसायीहरूले प्रयोग गर्ने व्यवसायीक शब्द हो। सामानहरू र्‍याकको अगाडिको भागबाट बिक्री हुँदै जान्छ। त्यतिकै छोड्यो भने र्‍याकको पछाडिको सामानहरू बाँकी रहन्छ। यस्तो अवस्थाका सामानहरू बिक्री नभएर बाँकी भएको जस्तो देखिने हुनाले, ग्राहकलाई राम्रो प्रभाव पर्दैन। पछाडिको सामानलाई अगाडि सारी मिलाएर राख्ने कार्यलाई फेसअप भनिन्छ। यसो गर्नाले बिक्री सङ्ख्यामा परिवर्तन आउँछ।

03 POP बनाउने

7-Eleven को सामान बिक्री गर्ने ठाउँमा, त्यो सामानको विशेषता वा त्यो सामान किन अन्य सामानहरू भन्दा भिन्न छ जस्ता कुराहरू ग्राहकलाई जानकार गराउन POP टाँस्ने गरिन्छ। हातले लेखेर बनाइएका POP हरू पनि धेरै हुन्छन् तर ती POP हरू बनाउने व्यक्ति पसलमा काम गर्ने स्टाफहरू नै हुन्। विभिन्न उपायहरू अपनाएर बनाइएको सामान राख्ने ठाउँले अरू ठाउँहरू भन्दा पनि सजिलै ग्राहकको नजर तान्ने हुनाले, त्यो ठाउँमा धेरै ग्राहकहरूको नजर पर्छ।

पोइन्ट POP विज्ञापन भनेको

“Point of purchase advertising” लाई छोटो रूपमा POP विज्ञापन भनिन्छ। बिक्री वृद्धिको लागि खुद्रा बिक्री पसलको सामान राख्ने ठाउँमा टाँस्ने गरिन्छ। मुख्य रूपमा नयाँ सामान वा सबैले रुचाइरहेका सामानको POP बनाई ग्राहकको ध्यानाकर्षण गर्नाले पसलको बिक्री रकम (सेल्स) वृद्धि हुन्छ।

नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!