सामानको हिसाबदेखि ताक्यूबिन (डेलिभरी सर्भिस), युटिलिटी शुल्क सङ्कलन र इन्टरनेट सपिङको भुक्तानीसम्म सबै कम्बिनी रजिष्टर स्टाफको कामहरू। सुरुमा अलमल्ल पर्न पनि सकिन्छ तर ढुक्क हुनुहोस्। अनुभवी सहकर्मीहरूले तपाईंलाई राम्रोसँग सिकाउनुहुन्छ। साथै सजिलै बुझ्न सकिने गरी तयार पारिएको म्यानूअलको पनि व्यवस्था भएको हुनाले छिटै याद गर्न सकिन्छ। उज्यालो मुहार र फुर्तिलो स्वरले अभिवादन गर्ने कुराबाट सुरु गरौं।
हामी 7-Eleven मा नयाँ मोडेलको POS रजिष्टर राख्ने कार्यलाई अगाडि बढाइरहेका छौं। स्टाफहरूलाई हुने सबैभन्दा ठूलो फाइदा भनेको, रजिष्टर सञ्चालन कार्य सहज हुनु हो। म्यानुअल नहेरेपनि चलाउन सकिने गरी स्क्रिन सेटिङ गरिएको हुनाले वृद्ध नागरिक तथा विदेशी नागरिक पनि ढुक्क हुन सक्नुहुनेछ।
फ्राइ गर्ने जस्ता पसल भित्रको खानेकुरा बनाउने काम पनि जिम्मा दिइन्छ। तर गर्ने कामचाहिँ सजिलै छ। फ्रोजन फ्राइ गर्ने सामाग्रीलाई फ्राइअर (फ्राइ गर्ने उपकरण) मा हालेर टाइमर सेट गर्ने मात्र हो। समय भएपछि फ्राइ गर्ने सामाग्री हालेको भाँडो आफै माथि आउँछ र तेल तर्किन्छ। त्यसपछि स्वोकेशमा राख्ने मात्र हो।
7-Eleven मा इलेक्ट्रोनिक मनी “nanaco” लगायतका क्रेडिट कार्ड, यातायात सम्बन्धित मनी जस्ता अरू पनि विभिन्न भुक्तानी विधिद्वारा भुक्तानी लिइन्छ। तर सामान्यतया रजिष्टर सञ्चालन भने सजिलो हुनाले चिन्ता नगर्नुहोस्। तुरुन्तै बानी पर्छ।